एकैदिन थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २६३४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज (बिहीबार) को प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार दाङ, बाँके, दैलेख, बारा, मोरङ, कपिलवस्तु लगायतका विभिन्न जिल्लामा ३३४ जना नयाँ संक्रमित थपिएका हुन् ।

मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषा ६, महोत्तरीका ३, रौतहटका ६४ र सर्लाहीका ३ जनामा पनि संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६३४ पुगेको छ । जसमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २९० जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । २ हजार २३५ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या देशभर १ लाख ६१ हजार २६२ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *