कोभिड–१९ अपडेटः ब्राजिल बन्दै छ हट स्पट (तथ्यांक सहित)

काठमाडौं । पछिल्लो तथ्यांक अनुसार कोभिड–१९ का कारण विश्वभर १,११३ जनाले ज्यान गुमाएका छन् । वल्र्डोमिटरको तथ्यांक अनु पछिल्लो समय मेक्सिको, ब्राजिल र जमैकामा गरी १,११३ जनाले ज्यान गुमाएका हुन् । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ ।

आज विहान ६ः४० को रेकर्ड अनुसार उक्त संख्या पुगेको हो । कोभिड–१९का कारण पछिल्लो समय मेक्सिकोमा १०९१ को मृत्यु भएको छ । ब्राजिलमा २१ जना र जमैकामा १ जनाको मृत्यु भएको छ ।

विश्वभर कोभिड–१९ संक्रमितको संख्या ६५ लाख ६७ हजार ०५८ पुगेको छ । जसमध्ये अहिलेसम्म ३१ लाख ६४ हजार २५३ संक्रमित निको भइसकेका छन् ।

हालसम्म अमेरिकामा सबै भन्दा बढि मानिसको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोभिड–१९ का कारण १,०९,१४५ ले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै कोभिड–१९ का संक्रमितको संख्या १९,०१,७८३ पुगेको छ । जहाँ उपचार पछि घर फर्किएकाहरुको संख्या ६,८८,६७० रहेको छ ।

ब्राजिलमा अहिलेसम्म ३२,५६८ ले ज्यान गुमाउँदा संक्रमितको संख्या ५,८४,५६२ पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या रोकिएको छ । पछिल्ला दिनहरु ब्राजिल कोभिड–१९ को हट स्पट बन्दै गएको छ । स्पेनमा अहिलेसम्म २७,१२८ ले ज्यान गुमाएका छन् । यता बेलायतमा ३९,७२८ ले ज्यान गुमाएको तथ्यांक छ ।

इटालीमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या रोकिएको छ । त्यहाँको जनजिवन सामान्य उन्मुख हुँदै गएको विदेशी सञ्चार माध्यमले जनाएका छन् । कोभिड–१९ पछि इटालीले पहिलो पटक युरोपियन पर्यटकलाई मुलुक खुल्ला गरेको छ । इटालीमा कोभिड–१९ बाट ३३,६०१ ले ज्यान गुमाएका छन् । फ्रान्समा अहिलेसम्म २९,०२१ ले ज्यान गुमाउँदा जर्मनीमा ८,६९९, इरानमा ८,०१२, वेल्जियममा ९,५२२ ले ज्यान गुमाएका छन् ।

यता छिमेकी देश भारतमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६,०८८ पुगेको छ । भारतमा अहिलेसम्म २,१६,८२४ संक्रमित पुगेका छन् । यता पाकिस्तानमा १,६८८ को मृत्यु हुँदा संक्रमितको संख्या ८०,४६३ पुगेको वल्र्डोमिटरले जनाएको छ ।
हेर्नुहोस पछिल्लो तथ्यांक

थप जानकारीका लागि जानुहाेस्

https://www.worldometers.info/coronavirus/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *