प्रदेश २ का चार प्रहरी कर्मचारी निलम्बित

जनकपुरधाम । लकडाउनका बेला तस्करलाई सघाएको भन्दै प्रदेश २ का चार प्रहरी कर्मचारीलाई निलम्बनमा परेका छन् । आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्‍याएको प्रमाण फेला परेपछि एक असईसहित चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवलदार विजय साह र चुन रमण चौरसिया र प्रहरी जवान अरुण तिवारी रहेको प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले बताएका छन् ।

उनका अनुसार सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत चारै जनाले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *