उपयुक्त समयमा कर तिर्ने वातावरण बनाउन क्यान महासंघको आग्रह
२०७७ जेठ २१ गते

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले लकडाउनको कठिन परिस्थितिमा कर बुझाउन भनी सार्वजनिक सूचना जारी गरिनु व्यवहारिक नभएको जनाएको छ। सर्वोच्च अदालतबाट शून्य हद म्याद निर्णय भएको अवस्थामा अर्थ मन्त्रालयबाट यसरी सूचना जारी गरिनु सान्दर्भिक नभएको क्यानले भनेको छ।
आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ। नभए जरिवाना लाग्ने उसले बताएको थियो।
कोरोनाले सिर्जना गरेको विद्यमान लकडाउनपछि सम्पूर्ण व्यापार व्यवसाय बन्द रहेको अवस्थामा कर विवरण र कर रकम बुझाउन कठिन हुने भएकोले यसको लागि समयको माग गरेको छ। क्यान महासंघले कर विवरण र कर रकम बुझाउन लकडाउन खुलेको ३५ दिनको म्याद दिएर व्यवसायीको मनोबल उच्च राखी व्यावसायिक वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

२०७७ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








