केएमसीका थप एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका थप एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) थप एक चिकित्सकमा कोरोना संक्रमण भएको मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन् । ‘आज यहाँ कार्यरत थप एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी १ सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ,’  डा. कार्कीले मकालु खबरसँग भनिन्, ‘अस्पतालको सबै सेवा बन्द गर्नुपरेकोमा हामी दुःखि छौँ ।’

यसअघि मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहाँका २ जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पतालले सबै सेवा बन्द गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *