लकडाउन खुकुलो बनाउन विराटनगरका व्यवसायीहरूको आग्रह

विराटनगर । लामो समय भएको बन्दाबन्दीको कारण व्यापार, व्यवसाय धरापमा परेको भन्दै लकडाउनलाई खुकुलो बनाउन विराटनगरका व्यवसायीहरूले विभिन्न निकायसँग आग्रह गरेका छन् । विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकासँग २१ गतेदेखि लकडाउनको स्वरूप परिवर्तन गर्न आग्रह गरिएको हो ।

दुई महिना बढी लामो समयको लकडाउनका कारण घरभाडादेखि बैङ्कको किस्ता तिर्न समेत समस्या हुन थालेको व्यापारीहरूको गुनासो छ । विराटनगरमा हालसम्म निश्चित समय तोकेर बैङ्किङ तथा वित्तीय क्षेत्र, खाद्यान्न, दैनिकी उपभोग्य वस्तु, पुस्तक पसल लगायतका पसल सञ्चालनमा छ । आगामी दिनमा इलेक्ट्रोनिक्स, विद्युतीय जडान, लत्ता कपडा, जुत्ता चप्पलको पसल पनि खोल्न पाउनुपर्ने माग राखेका छन् ।

सरकारले विना विकल्पको लकडाउन बढाएर व्यापार, व्यवसाय नै धरासयमा परेको र अबको दिनमा निश्चित समय अवधि तोकेर साना व्यापारीहरूलाई पनि व्यवसाय सञ्चालन गर्न दिए केही राहत मिल्ने मोरङ इलेक्ट्रोनिक्स सङ्घका अध्यक्ष नवीन अग्रवालको धारणा छ । त्यस्तै अन्य बैङ्क वित्तीय संस्था लगायतका ठुला उद्योग चल्न दिएको र साना कपडा फेन्सी पसल खोल्न नदिएको व्यापारी विनोद भण्डारीको गुनासो छ ।

लामो अवधिको लकडाउनका कारण व्यापार, व्यवसायमा पर्न गएको क्षति र साना व्यापारीहरूले खेपेको सास्तीलाई मध्यनजर गरेर लकडाउनको धार परिवर्तन गर्नका निमित्त विभिन्न सरोकारवाला निकायहरूसँग छलफल गरिएको विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाले जनकारी दिए ।

६ बजेदेखि १० बजेसम्म खाद्यान्न अन्य पसलहरू खुलेका छन् सोही अनुसार नेपाल सरकारको मापदण्ड अनुसार नखुलेका पसलहरू २१ गतेदेखि खोल्ने वातावरण मिलाउन प¥यो भन्ने माग रहेको थापाको भनाई छ ।

केन्द्रीय निर्णय भन्दा बाहिर जान नसक्ने ।
केन्द्रीय निर्णयदेखि बाहिर जान नसकिने भएकाले लकडाउनको कारण व्यापारीहरू माथि पर्न गएको समस्यालाई केन्द्रसम्म पु¥याउन सक्ने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । लामो समयको बन्दाबन्दीको कारण साना व्यापार व्यवसायमा मात्रै नभएर उद्योग धन्दा, कलकारखाना लगायतका सम्पूर्ण क्षेत्रमा समस्या परेका कारण केन्द्रसँग सहजीकरण गरेर मात्रै अगाडी बढ्न सक्ने अधिकारी भुजेलको भनाई छ ।

लकडाउनको पालना गर्दै निश्चित समय अवधि तोकेर महानगरभित्रका व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्दै सङ्घीय सरकार, प्रदेश सरकारसँग आफूले पनि कुरा राख्दै आएको विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले बताए ।

उनले भने ‘लकडाउनको स्वरूप परिवर्तन गर्दै अब हामीले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकललाई हेरेर लकडाउनको स्वरूप परिवर्तन गर्न आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *