२२ महिने असहाय बालकलाई निःशुल्क सेवा दिँदै जनरल अस्पताल

विराटनगर । घोघापुलचौकमा रहेको जनर हस्पिटल एण्ड ट्रमा केयर सेन्टरले २२ महिने एक बालकको निःशुल्क उपचार सेवा दिईरहेको छ । सुनसरी जलपापुर १० का २२ महिनाको रेहान मिहाको अस्पतालले निःशुल्क उपचार सेवा गरिरहेको छ ।

२२ महिने सो बालकको एक वर्ष अगाडी आमाको मृत्यु भएको थियो भने बुवा मानसिक सन्तुलन गुमाएकाले हजुरआमाले उनको पालनपोषण गरिरहेको अस्पतालले जनकारी दिएको छ ।

बालकको हजुरआमाको अर्थिक अवस्था कमजोर भएको र उपचार गर्ने अवस्था पनि नभएकाले सुरनसरीस्थित एक अस्पतालमा उपचार भईरहेको बालकलाई जनरल हस्पिटल एण्ट ट्रमा केयर सेन्टरका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. फदेन्द्र शाहले शनिबार उपचारका लागि अस्पतालमा ल्याएको अस्पतालका अध्यक्ष जयप्रकाश रोयले जानकारी दिए ।

बालकको स्वास्थ्य अवस्था सुधार नभएसम्म अस्पतालको तर्फबाट उपचार दिईरहने रोयको भनाई छ । बालकलाई सन्तुलित आहारको अभावले कुपोषणको सिकार भएको र हाल निमोनिया भएको डा. फदेन्द्र शाहले जानकारी दिए । डा. शाहको अनुसार पहिलो दिन भन्दा पछिल्लो समयमा बालकको स्वस्थ्यमा केहि सुधार आएको छ ।

कोरोना भाईरस संक्रमणको त्राससँगै लकडाउनले अस्पतालको आर्थिक अवस्था पनि सिथिल भएको अवस्थामा आर्थिक अभावको कारण निर्दोष बच्चाको ज्यान तलमाथी नहोस् भन्ने उद्देश्यले अस्पतालले बालकको उपचारको खर्च व्यहोरेको अस्पतालका एम डि दिपक रोयले बताए ।

युवा नेता ओसिम आलमको नेतृत्वमा संचालनमा रहेको निःशुल्क खाना खुवाउने अभियानले बिरामीका आफ्न्तलाई पनि खाना खुवाईरहेको अस्पतालका ईन्चार्ज विसाल शाहले जनकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *