सदनभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थाल्योः सांसद चौधरी

सम्माननीय सभामुख महोदय, अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कदापि साट्न मिल्दैन । सिमा विवाद । नेपालमाथि भारतको दादागिरी । नमिचिएको ठाउँ छैन । नहेपिएको गाउँ छैन ।

भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहसँग सल्लाह, छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्नको लागि पनि मेरो देशको भूमि मिचाहसँग सोध्नुपर्ने ? यो कस्तो बिडम्बना सभामुख महोदय ?

जब यो देशका प्रधानमन्त्री एउटा सपना, योजना फ्याँक्छन्, अनि रहेका एजेण्डाहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि त्यो सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरु लगाएर बुरुक्क, बुरुक्क उफ्रन थाल्छन् ।

सम्माननीय सभामुख महोदय, राष्ट्रियताका सवालमा बोलाइ र गराईमा समानता कायम गर्न धेरै मै हुँ भन्नेहरुलाई पनि हम्मे हम्मे पर्न थालिसक्यो । मन र विचार अशुद्ध हुनेको मन्तव्य, अन्तर्वार्ता र लेखका अंशबाट पनि आम जनताले समेत स्पष्ट रुपमा पहिचान गर्न थालिसके ।

विगतमा नक्कली राष्ट्रवादको खोल ओड्नेहरुको मुकुण्डो पनि तीनलाई खडा गर्ने र उचाल्नेहरुबाट नै पर्दाफास हुनेछ ।

(प्रतिनिधि सभा सांसद सांसद गंगा चौधरी सत्गौवाले सोमबारको संसदको शुन्य समयमा राखेको अभिव्यक्तिको सम्पादित अंश)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *