डोर्टमण्डको जितमा सान्चोको ह्याट्रिक

काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत डोर्टमण्डले पडेरबोर्नमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा डोर्टमण्डले पडेरबर्नलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

डोर्टमण्डका लागि जाडन सान्चोले ह्याट्रिक गरेका थिए । त्यस्तै थोर्गन हजार्ड, अचरफ हाकिमी र मार्सल समेल्जरले एक एक गोल गरेका थिए । पडेरबर्नका लागि उवी हुनेमियरले एक गोल फर्काएका थिए ।

२० बर्षिय ईङलिश मिडफिल्डर सान्चोले पहिलो गोल गरेपछि अमेरिकामा मारिएका अश्वेत जर्ज फ्लोयडलाई न्याय देऊ भन्ने लेखेको टिसर्ट देखाएर उनको समर्थनमा आन्फो एक्यबद्दता प्रकट गरेका थिए । योजितसँगै डोर्टमण्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको अन्तरलाई ७ अंकमा झारेको छ ।२९

खेलमा ६७ अंक हासिल गर्दै बायर्न लिगको शीर्ष स्थानमा छ भने डोर्टमण्ड २९ खेलमा ६० अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तो पडेरबर्न भने २९ खेलमा १९ अंकसहित लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *