पोखरीया स्कूललाई विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइ ढाकछोप गर्न खोजेको गम्भीर आरोप

विराटनगर । विराटनगरस्थित पोखरीया स्कुललाई लकडाउनको समयमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिई ढाकछाप गर्न खोजेको गम्भीर आरोप लागेको छ । हिसान मोरङ, एन प्याब्सन विराटनगर, इष्टु मोरङ र प्याब्सन विराटनगरले शनिबार संयुक्त रूपमा विज्ञाप्ती जारी गर्दै पोखरीया माध्यमिक विद्यालयलाई प्रवेश परीक्षा लिएको घटना लुकाउन ढाकछोप गर्न खोजेको भन्दै कारबाहीका लागि माग गरेको छ ।

विश्व व्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको महामारीले आक्रान्त भएको बेला विद्यार्थी भेला गरी प्रवेश परीक्षा सञ्चालन गरिरहेको अवस्थामा प्याब्सन विराटनगरका नगर अध्यक्ष ईन्द्रकुमार राईले यस्तो अप्रिय र जोखिमपूर्ण कार्य गरी समुदायमै रोग फैलाउने सुत्रधार नबन्न विद्यालयका जिम्मेवार ब्यक्तिलाई अनुरोध गर्दा उल्टै अप्रिय भाषामा अनुरोधलाई ठाडो तिरस्कार गर्ने कार्य भएको संयुक्त जारी विज्ञाप्तीमा उल्लेख छ ।

विज्ञाप्तीमा भनिएको छ, ‘यो महामारीको बेला भर्ना सम्वन्धी कुनै पनि कार्य नगर्न नगराउन सरकारले जारी गरेको लकडाउनको अवस्थामा सरकारी आदेशको ठाडो उल्लङ्घन गरी उल्टै प्याब्सन विराटनगरका नगर अध्यक्षलाई व्यक्तिगत अशोभनीय र निराधार आरोप लगाई आफ्नो निकृष्ट कार्यको ढाकछोप गर्ने कामलाई हामीले अत्यन्त गैर जिम्मेवार निन्दनीय कार्य ठानेका छौं,’

असम्वेदनशील चरित्र प्रदर्शन गर्ने उक्त विद्यालयलाई नियमानुसार कडा कारवाही गर्न पनि माग गरेको छ ।

सरकारले लकडाउन अगाडिदेखि नै सबै शैक्षिक संस्था बन्द गरी कुनैपनि गतिविधि नगर्न निर्देशन दिएको भएपनि पोखरीया स्कूलले बिहीबार नयाँ विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिएको थियो ।

लकडाउन उल्लंघन गर्दै विराटनगरका सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएको भन्दै निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले आपत्ती जनाएको २४ घण्टा विबत्न नपाउँदै शुक्रबार पोखरीया स्कूलले विज्ञाप्ती जारी गर्दै आरोप निराधार भएको बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *