फलाेअपः रातभर अलपत्र परेका २७ कोरोना संक्रमितलाई वीपी प्रतिष्ठानले भर्ना लियो

धरान । झापाबाट पठाईएका २७ जना कोरोना संक्रमितलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना लिइएको छ । हिजो राती नै धरान आइपुगेका उनीहरुलाई प्रतिष्ठानले भर्ना नलिएपछि रातभर प्रतिष्ठान बाहिर असुरक्षित रुपमा बसेका थिए ।

प्रदेश १ सरकारको समन्वयमा झापाबाट प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा पठाइएका विरामीलाई प्रतिष्ठानले भर्ना नलिएको विहानै थाहा पाएपछि प्रदेश सरकारका सामाजिक विकासमन्त्री जिवन घिमिरे विहानै प्रतिष्ठान आएका थिए ।

एका विहानै प्रतिष्ठानमा सामाजिक विकासमन्त्री आएको थाहा पाएपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा. गौरीशंकर शाह तथा शिक्षाध्यक्ष हतारहतार आइसोलेसन अघिल्तिर बसेका संक्रमित हेर्न पुगेका थिए ।

हेर्नुहाेस

रातभर बीपीकाे गेट बाहिर २७ काेराेना संक्रमित अलपत्रः मन्त्री भन्छन् ‘लापरबाहीको पराकाष्टा’

यस अघि प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले प्रतिष्ठानसँग समन्वय नगरीकन कोभिड–१९ का विरामी पठाइएकोले भर्ना गर्न नसकिएको अभिब्यक्ति दिएका थिए ।

तर, सामाजिक विकास मन्त्री घिमिरेले प्रतिष्ठानले लापरवाही गरेको बताउँदै प्रतिष्ठानले कोभिड–१९ का विरामीको उपचारमा गम्भिर लापरवाही गरेको बताएका थिए ।

मन्त्री घिमिरेले कोभिड–१९ का विरामी प्रतिष्ठान पठाउनु अगाडी प्रतिष्ठानका पदाधिकारीहरुसँग कुराकानी गरेरै प्रतिष्ठानमा करिब सय वेड रहेको जानकारी पाएपछि मात्र स्वास्थ्य मन्त्रालयका फोकल पर्सन लाई जानकारी समेत गराएर पठाएको बताएका थिए ।

स्मरण रहाेस् वीपी प्रतिष्ठान १ नं. क्षेत्रकाे काेराेना उपचारका लागि लेवल ३ अस्पताल हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *