रातभर बीपीकाे गेट बाहिर २७ काेराेना संक्रमित अलपत्रः मन्त्री भन्छन् ‘लापरबाहीको पराकाष्टा’

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि संक्रमित अस्पतालको गेट बाहिरै बस्न बाध्य भएका छन् ।

https://business.facebook.com/makalukhabar/videos/534952510745808/?business_id=398879353916184

शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई प्रतिष्ठानको कोभिड अस्पतालले नलिएपछि संक्रमितले गेट बाहिरै रात काटेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका-४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् ।

अस्पतालले बेड खाली नभएको भन्दै भर्ना नलिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । ‘संक्रमितहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको हो तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन ।’ उनले भने ।

प्रतिष्ठानले भर्ना नलिएर ठूलो गल्ती गर्यो : मन्त्री घिमिरे
प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रतिष्ठानले मन्त्रालयबाट समन्वय गरेर पठाएको कोरोना संक्रमितलाई भर्ना नलिएर ठूलो गल्ती गरेको बताए ।

मकालु खबरसँग बोल्दै मन्त्री घिमिरेले भने-‘यो सामान्य कमजोरीबाट घटेको घटना हैन । प्रतिष्ठान संस्थाबाट भएको यो लापरवाहीको पराकाष्टा हो, सम्बद्ध सबै पक्षहरुसँग जानकारी लिनेछु ।’ उनले भने । मन्त्री घिमिरेले प्रतिष्ठानले समन्वय नभएको बताएको प्रति आपत्ति जनाउँदै मन्त्रालयले प्रतिष्ठानसँग पटकपटक सोधेको र समन्वय गरेको बताए ।उनले कसका कारण कोरोना संक्रमित रातभर अस्पताल बाहिर बसे खोजिको विषय रहेको बताउँदै मन्त्रालयबाट हिँड्नुभन्दा अगाडी तोकिएको फोकल पर्सनलाई जानकारी गराएको बताए । यता वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले यस विषयमा कुनै प्रतिकृया दिन मानिरहेका छैनन् ।तस्वीर-भिडियो : भरतराज शर्मा (गोपाल)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *