झापाको एउटै क्वारेन्टाइनमा रहेका ५२ जनामा कोरोना संक्रमण

बिर्तामोड। झापामा रहेको एउटा क्वारेन्टाइनमा बसेका ५२ जनामा कोरोना संक्रमण देखिएको छ। विभिन्न समयमा गरिएको परीक्षणमा कचनकवल गाउँपालिका ४ केचनास्थित महेन्द्र रत्न माविको क्वारेन्टाइनमा रहेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उक्त क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालामा स्वाब नमुना परीक्षणका लागि पठाइएकामा पोजिटिभ रिपोर्ट आएको हो। कचनकवल गाउँपालिका ४ केचनास्थित महेन्द्र रत्न माविको क्वारेन्टाइनमा ९९ जना रहेका छन्। उनीहरु मध्ये ५२ जनामा संक्रमण देखिएको छ।

शुक्रबार २७ जनामा पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका र यसअघिका समेत गरी उक्त क्वारेन्टाइनमा रहेका ५२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले बताए। त्यही क्वारेन्टाइनका २७ जनामा शुक्रबार अनि अरुमा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरिसकेको छ।

उक्त क्वारेन्टाइनमा भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकाहरुलाई राएिको थियो। भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकालाई सीमा वारि आएलगत्तै नियन्त्रणमा लिएर क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राख्ने गरिएको छ। झापामा अहिलेसम्म १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये भने संक्रमण पुष्टि भएकामध्ये २ जना निको भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *