सप्तरीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमित हुनेमा एक महिला र आठ जना पुरुष छन्। उनीहरूलाई आइसोलेसनमा राख्‍नने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमित सबै भारतबाट आएका हुन्। यससंगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *