सप्तरीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ १७ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं। सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमित हुनेमा एक महिला र आठ जना पुरुष छन्। उनीहरूलाई आइसोलेसनमा राख्नने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमित सबै भारतबाट आएका हुन्। यससंगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।
२०७७ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








