संविधान संशोधनका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक बस्दै

काठमाडाैं । संविधान संशोधनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सानेपास्थित पार्टी मुख्यालयमा आज कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासम्बन्धी संविधान संशोधनका विषयमा छलफल र निर्णय हुने शर्माले बताए । कांग्रेसले संविधान संशोधनमा आधिकारिक धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक बोलाएको हो ।

कांग्रेसले संविधान संशोधनलाई सहयोग गर्ने सकारात्मक सन्देश यसअघि दिइसकेको छ । दुई दिन अगाडि प्रवक्ता शर्माले पत्रकार सम्मेलन गरेर सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढायो भने सरकार राष्ट्रियताको विषयमा पछाडि नहट्ने साथ दिने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *