सोनारी गाउँपालिकाका वडाध्यक्षमा देखियो कोरोना, सबै जनप्रतिनिधि क्वारेन्टाइनमा

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकाका वडाध्यक्षमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

जेठ ७ गते भारतबाट आएका ५६ मध्ये राप्तीपारिका २४ जनाको उद्धार गरेका थिए । ती उद्धार गरिएकाहरुमध्ये एक जना बिरामी थिए । युवालाई सोही दिन राति नै एम्बुलेन्समा हालेर नेपालगञ्जको भेरी अस्पताल पुर्याइएका ती बिरामी युवामा संक्रमण पुष्टि भएपछि वडाध्यक्ष लाहुराम थारुले पनि परीक्षण गराएका थिए ।

उनले जेठ ११ गते आफूसहित छिमेकी वडाध्यक्षको समेत स्वाब संकलन गर्न लगाएका थिए । भेरी अस्पतालमा गरिएको परीक्षणमा छिमेकी वडाध्यक्षको रिपोर्ट नेगेटिभ आयो तर उनीमा भने संक्रमण पुष्टि भएको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले जानकारी दिइन् । उपाध्यक्ष खत्रीका अनुसार अहिले वडाध्यक्षसहित संक्रमित सबै वडाले नै निर्माण गरेको  शिवशक्ति माविकाे आइसोलेसनमा छन् । सबैको अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

अहिले संक्रमित वडाध्यक्षकाे सम्पर्कमा आएका गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीसमेत क्वारेन्टाइन तथा हाेम क्वारेन्टाइनमा रहेकाे जानकारी दिइएकाे छ । परीक्षणको रिपोर्ट आएपछि मात्रै सबैजना काममा फर्केन बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *