विशाल द्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं ।कोभिड १९ को संक्रमण फैलिरहेको बेला, रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पु¥याउने उद्देश्यले विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ ।
भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र उच्च अधिकारीहरुको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर र आठ हजार नौ सय ५० थान एन-९५ मास्क हस्तान्तरण गरेको हो ।

तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस संकटको सामना गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई उक्त सहयोगले केही राहत मिल्ने समेत ग्रुपले आशा राखेको जनाएको छ ।

समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निम्न आयस्तरका वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *