सेनाले भन्यो- सरकारको निर्देशन पालना गर्न सदैव कटिवद्ध छौं

काठमाडौं । नेपाली सेनाले नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ । बिहीबार राति विज्ञप्ति जारी गर्दै सेनाले नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जनाएको हो ।

भारतीय दुई वटा सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्दै सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ–‘भारतीय हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार भएको सेनाको भनाई छ । ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ ।’ सेनाले विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *