आज जेठ १६ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ १६, २०७७ । ई.सं. 29 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । शुक्रवार ज्येष्ठ शुक्लपक्ष । तिथि सप्तमी, १९:१४ बजे उप्रान्त अष्टमी । नक्षत्र मघा, २७:५० बजे उप्रान्त पूर्वफाल्गुनी । योग व्याघात, २०:२६ बजे उप्रान्त हर्षण । करण गर ०८:१० बजेदेखि वणिज, १९:१४ बजे उप्रान्त कौलव । चन्द्रराशि सिंह । आनन्दादि योग काण । दिनमान ३४।१३ । सूर्योदय ०५:११ । सूर्यास्त १८:५२ । कुमार-यात्रा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त र प्रिय व्यक्तिसंग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधूरो कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । खनपिन र मनोरञ्जनमा अभिरुचि जाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुनेछन् । धार्मिक यात्राको योगछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्रसंग मीठो भेट घाट रहनसक्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *