काठमाडौं–निजगढ द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड, रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड विनियोजन

काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग ३ वर्षमा सकिने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले यसका लागि ८ अर्ब ९३ करोड विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै सरकारले ६ अर्ब ४२ करोड रकम सुरुङ्ग मार्ग आयोजनाका लागि विनियोजन गरेको छ । महाकाली नदीमा ४ लेनको मोटर पुल निर्माण गर्न मात्रै ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

८ अर्ब ६६ करोड रेलमार्ग निर्माण गर्नका लागि विनियोजन गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *