रेडियो, टेलिभिजनमार्फत नयाँ शैक्षिक वर्षको पठन पाठन अघि बढाइने

काठमाडौं। भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा, रेडियो, टेलिभिजनमार्फत नयाँ शैक्षिक वर्षको पठन पाठन अघि बढाइने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको जोखिम बढेका कारण विद्यार्थीको मनोसामाजिक असर निवारणका लागि सृजनशील विकासका क्रियाकलाप सञ्चालनमा जोड दिइने बताए।
उनले आगामी आर्थिक वर्षमा एक हजार आठ सय भवन, ३८ आङ्गिक क्याम्पस भवन पुनः निर्माण गरिने बताए। उनले २५२० कक्षा कोठा, एक एक हजारका सङ्ख्यामा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब स्थापना गरिने बताए।
मुलुक भरका २६ लाख छात्र छात्रा लाभान्वित हुने गरी छात्रवृत्ति प्रदान गर्न दुई अर्व ७० करोड बजेट विनियोजन गरिएको बताए। सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाई राख्न हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा कार्यक्रम देश भर बिस्तार गर्ने गरिने उनले बताए। यसका लागि सात अर्व ५२ करोड विनियोजन गरिएको छ।
यस कार्यक्रमबाट २८ लाख बालबालिका लाभान्वित हुने छन्। सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० लाख निःशुल्क सेनेटरि प्याड वितरण गर्न स्थानीय तह मार्फत सशर्त अनुदानका लागि १ अर्व ८२ करोड बजेटको व्यवस्था मिलाइएको छ।








