काेराेना सम्बन्धी स्वास्थ्य उपकरण कम हुन नदिन ६ अर्ब बजेट बिनियाेजन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट  विनियाेजन गरिएकाे उनले जानकारी दिए । परीक्षणको दायरा बढाउन, क्वारेन्टाइन केन्द्रको स्थापना गर्न आवश्यक स्रोतको व्यवस्था मिलाएको उनले बताए । स्वास्थ्य उपकरण कम हुन नदिन ६ अर्ब बजेट बिनियाेजन गरिएकाे उनकाे भनाइ छ ।

चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्यकर्मीलाई ५ लाखको निःशुल्क स्वास्थ्य बिमाकाे व्यवस्था मिलाएकाे पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *