चौरजहारी सोती काण्ड निष्पक्ष छानविन नभए कारवाही गर्ने विप्लवको चेतावनी

काठमाडौं । रुकुमको चौरजहारी नगरपालिका सोतीमा चार जनाको ज्यान गएको र दुई जना बेपत्ता भएको घटनाका दोषीलाई उन्मुक्ति दिए कारवाही गर्ने विप्लव नेतृत्वको नेकपाले चेतावनी दिएको छ । उक्त घटनाका दोषीलाई जनअदालतमार्फत कारबाही गरिने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले चेतावनी दिएको हो ।

बुधबार पार्टीका प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत नेकपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने, बेपत्ताहरूको अवस्था सार्वजनिक गरिनुपर्ने, पीडित परिवारका सदस्यहरूलाई राहतको व्यवस्था गरिनुपर्ने जस्ता माग राखेको छ ।

उक्त घटनाको सत्यतथ्य छानबिन नगरी दोषीलाई उन्मुक्ति दिने काम भएमा जनताको जनअदालतमा प्रवेश गराएर काम कारबाही गराइने चेतावनी पार्टीले दिएको छ ।

पार्टीले चौरजहारी सोती घटना नेपाली श्रमजिवी वर्गले रगतको भेल बगाएर प्रेम र विवाह सम्बन्धी खडा गरेको जनवादी सांस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको तथा विवाह सम्बन्धी ब्यक्तिगत स्वतन्त्रता र मानवअधिकारसमेत हनन गरेको ठहर गरेको छ ।

प्रकाण्डले मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भत्र्सना गर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *