भुटानमा १ जनाको मुत्यु हुँदा अमेरिकामा कोभिड–१९ बाट कतिले ज्यान गुमाए ?

काठमाडौं । डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या साँढे तीन लाख नाँघेको छ ।

अहिलेसम्म विश्वभर ३,५६,८४० जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भइसकेको छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा मात्रै १,०२,१०९ को मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा कोरोना संक्रमणबाट १५३७ जनाले ज्यान गुमाएको वल्र्डोमिटरको तथ्यांकले देखाएको छ । अमेरिकामा २०,४५३ नयाँ केसहरु देखिएका छन्, जहाँ १७, ४५,८०० संक्रमितको संख्या पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख ८१ हजार ७६० पुगेको छ । कोरोना संक्रमण भएर उपचार पश्चात घर फर्कनेहरुको संख्या २४ लाख ९३ हजार ८९४ पुगेको छ ।

ब्राजिलमा १ हजार ५३७ नयाँ केस देखा परेका छन् । ब्राजिलमा अहिलेसम्म २५ हजार ५९८ को मृत्यु भएको छ । बेलायतमा मृत्यु हुनेको संख्या पनि उच्च रहेको छ । तथ्यांक अनुसार बेलायतमा अहिलेसम्म ३७ हजार ४६० को मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार त्यहाँ ४१२ जना नयाँ संक्रमित थपिएका छन् ।

इटालीमा ३३ हजार ०७२ को मृत्यु हुँदा थप ११७ जना नयाँ संक्रमित देखा परेका छन् । फ्रान्समा २८ हजार ५९६, स्पेनमा २७ हजार ११८, बेल्जियममा ९ हजार ३६४, मेक्सिकोमा ८ हजार १३४ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुमा पनि कोरोना संक्रमितको संख्या बढ्नेक्रम छ । खासगरी पछिल्लो एक साता यता भारत र नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । छिमेकी मुलुक भारतमा अहिलेसम्म १ लाख ५८ हजार ०८६ संक्रमित पुगेका छन् । भारतमा मृत्यु हुनेको संख्या ४ हजार ५३४ पुगेको छ । पछिल्लो समय भारतमा १९० को ज्यान गएको छ । भने, संक्रमितको संख्या एकै दिन ७ हजार २९३ थपिएको छ ।

यता पाकिस्तानमा ५९ हजार १५१ संक्रमित पुग्दा १ हजार २२५ ले ज्यान गुमाइ सकेका छन् । बंगलादेशमा ३८ हजार २९२ संक्रमित हुँदा १ हजार २२५ को मृत्यु भइसकेको छ । श्रीलंकामा १ हजार ४६९ संक्रमित हुँदा १० जनाले ज्यान गुमाएको तथ्यांक छ ।

माल्दिभ्समा ५ जनाले ज्यान गुमाएका छन्, जहाँ १ हजार ४५७ संक्रमित रहेका छन् । पछिल्लो साता नेपालमा संक्रमितको संख्या बढ्दो छ । एक साता यता नेपालमा पिसिआरबाट संक्रमितको पहिचान गर्ने कार्य बढेसँगै संक्रमितको संख्या ८८६ पुगेको छ । नेपालमा ४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समाचार अनुसार ललितपुरमा एक जनाको ज्यान गएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको छैन ।

दक्षिण एशियाली राष्ट्रहरुमा भुटानले कोरोना संक्रमण रोकथाममा नियन्त्रण गर्न सफल रहेको देखिएको छ । भुटानमा हालसम्म मात्र १ जनाको ज्यान गएको छ । जहाँ संक्रमितको संख्या पनि २८ मात्र रहेको छ ।

हेर्नुहोस कोरोना तथ्यांक

थप जानकारीका लागि

https://www.worldometers.info/coronavirus/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *