माैसम पूर्वानुमानः प्रि-मनसुन चल्दैछ, आकाश खुल्ला रहेपनि अप्रत्यासित वर्षा हुनसक्छ

काठमाडाैं । नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको तथा स्थानीय वायुको पनि प्रभाव रहेकोले केहि दिन अप्रत्यासित रूपमा मुलुककाे माैसम परिवर्तन हुने बताइएकाे छ ।

जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिएपनि नेपालकाे पुर्वी भू-भागमा निम्न चापीय प्रणााली सक्रिय रहेकाे तथा प्रि-मनसुन समेत रहेकाले मुलुककाे माैसममा अप्रत्यासित परिवर्तनहरू देखिएका हुन्।

हिजाे राजधानी सहित देशका विभिन्न भागहरुमा भारीमात्रामा वर्षा भएकाे छ । देशको अधिकांश भू–भागमा प्रि–मनसुनको प्रभावले आगामी ३ दिन वर्षाको सम्भावना रहेको बताइएको छ । बुधवार भारी वर्षाका कारण राजधानीका खोलानालाहरु भरिएर बाढी आएको थियो ।

देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा प्रि–मनसुनका कारण सक्रिय भएको छ । प्रि–मसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जन सहित क्षणिक वर्षा हुने गर्छ ।

३ महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन अझै १३ दिन बाँकी रहेको छ ।

जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना छ।

रातीः देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *