आज जेठ १५ गते बिहिबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजकाे पञ्चाङ्ग

वि.सं. जेठ १५, २०७७ । ई.सं. 28 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलाथ्व । प्रमादी उत्तरायण । ग्रीष्म बिहीवार । ज्येष्ठ शुक्लपक्ष । तिथि षष्ठी, २१:०३ बजे उप्रान्त सप्तमी । नक्षत्र तिष्य ०५:४९ बजेदेखि अश्लेषा, २८:४९ बजे उप्रान्त पूर्वफाल्गुनी । योग ध्रुव, २२:५८ बजे उप्रान्त व्याघात । करण कौलव ०९:५० बजेदेखि तैतिल, २१:०३ बजे उप्रान्त भद्रा । चन्द्रराशि कर्कट । आनन्दादि योग । शुभ दिनमान ३४।११ । सूर्योदय ०५:११ । सूर्यास्त १८:५२ । राष्ट्रिय गणतन्त्र दिवस। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन पारिवारिक हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको योजना बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायमपनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाजमा र परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी र रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सचेत रहनु होला । सामाजिक हितको लागि काममा व्यास्त हुने समय रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *