सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकको मृत्यु

  • अंकुश कुँवर

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकजनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुषको मृत्युबारे अस्पतालका प्रवक्ता तथा इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले पुष्टि गरे । उनका अनुसार भारतबाट आएका ती पुरुषको अस्पताल ल्याउनुपूर्व नै समस्या अवस्था निकै गम्भिर थियो ।

‘उहाँ भारतबाट फर्किनु भएको रहेछ, त्यसैमाथि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो,’ प्रवक्ता जोशीले भने, ‘ हिँजो साँझ भर्ना गरिएका उनको आज बिहान मृत्यु भएको हो ।’

उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको प्रवक्ता जोशीले बताए । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *