वीरगन्जका २१ संक्रमितले जिते कोरोना, अस्पतालबाट फर्किए घर

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका २१ संक्रमित कोरोना जितेर घर फर्किएका छन् । नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा ४ जना महिला र १७ जना पुरुष छन् । जसमध्ये एक १५ महिने बालकसहित ३ जना बालबालिका पनि छन् ।

गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएकोमा २१ जना डिस्चार्ज भएपछि अब ९ जना मात्र संक्रमित छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *