रूखले थिचेर महिला र बालकको मृत्यु

हेटौंडा । मंगलबार साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुई जनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ वर्षीय आयुस मगर रहेका छन् ।

मृतक प्रजाको घटनास्थलमै मृत्यु भएको हो भने मगरको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष मल्लले जानकारी दिए । त्यसैगरी हावाहुरीकै कारण सरिखेतका दुईजना घाइते भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *