हुरीबताससहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको साथै स्थानीय वायुको प्रभावले बदली भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा सम्भावना छ ।

देशको पूर्वी भू(भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा चट्याङ र हावाहुरीसहितको वर्षा हुनेभन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान “-

जेठ १४ गते (बुधबार)
दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

जेठ १५ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १६ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *