थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं । आज मात्र नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना पोजेटिभको संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार आज देशका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप ९० जना कोरोना संक्रमित देखा परेका हुन् ।

आज थप भएकाहरुमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला टेकूको परीक्षणमा ३५ जना संक्रमित भएको पुष्टि भएको छ । आज थप भएका ९० जनाहरु महोत्तरी, बारा, रौतहट, रुपन्देही, भेरी, नेपालगञ्ज, स्याङजा, सिराहा, धनुषा, जुम्ला र नुवाकोटका रहेका छन् ।

प्रादेशिक नतिजा अनुसार प्रदेश १ को आइसोलेसनमा ६० जना, प्रदेश २ मा १९१ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २६३ जना रहेका छन् । कर्णाली प्रदेशमा २५ जना र सुदुरपश्चिम प्रदेशमा १२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

४३ जना डिस्चार्ज
आज मुलुकभरबाट ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नारायणी अञ्चल अस्पतालमा उपचारत ४३ जना डिस्चार्ज भएर घर फर्किएको जनाए । उनीहरु ११ देखि १६ दिनको उपचारपछि डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा ७ वर्षदेखि ५३ वर्षका रहेका छन् ।

आजसम्म कोरोनाको उपचार पछि निको भएर घर फर्किनेहरुको संख्या १५५ पुगेको छ जसमा ३१ महिला रहेका छन् ।
आजबाट कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ४६ पुगेको छ । ५५२८२ जना मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *