उपत्यकासहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभावले नेपालको मौसम बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम, मध्य र पूर्वका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

जेठ १३ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा अपरान्ह पश्चात सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहनेछ।पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १४ गते (बुधबार)
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी तथा मध्य भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भू-भागहरुमा आंशिक बदली रहनेछ।पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १५ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *