जातीय विभेदको पराकाष्टा : अन्तरजातीय विवाह नै मृत्युको कारण

बुटवल । जातीय विभेदको चरम पीडा खेपिरहेको हाम्रो समाजमा जातीय विभेदनै मृत्युको कारण पनि बन्न पुगेको छ । केही दिन अघि प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा यस्तै घटना घटेको छ ।

घटना प्रदेश नम्बर ५ को रुपन्देही र रुकुम पश्चिमको हो । दलित समुदायका एक युवा र एक किशोरीले चरम जातीय विभेदको ज्यादती खेप्दै अकालमा ज्यान गुमाएका छन् । दलित समुदायका एक युवा र एक किशोरी अन्तरजातीय प्रेम सम्बन्धका कारण जातीय विभेदको शिकार हुनु परेको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा ११ बड्की गुम्बाकी १५ वर्षीया दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको कारण झुन्डिएको अवस्थामा मृत भेटिइन । यस्तै उता कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिक पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्वन्ध कै कारण भेरी नदीमा मृत फेला परे । यो घटना प्रतिनिधि मात्रै हो ।

स्थानीय २२ वर्षीय युवकसँगको पे्रम सम्बन्धका कारण देव दहकी अङ्घिरा पासीले ज्यान गुमाएको खुलेको छ । हत्याको वास्तविकता भने खुल्न सकेको छैन । कसैले हत्या र कसैले आत्महत्या भनेका छन् ।

यस्तै गत शनिवार साँझ प्रेमीकालाई बेहुली बनाएर घर भित्र्याउने सपना बोकेर जाजरकोटबाट रुकुम पश्चिमा हिडेँका नवराज बिकको पनि नदीमा शव फेला परेको थियो । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आईतबार साँझ भेरी नदि मै मृत फेला परेका थिए ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय विकको रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया अञ्जली मल्ल (नाम परिवर्तन) सँग प्रेम सम्वन्ध थियो ।

आफ्नी प्रेमिकालाई लिन शनिबार राति केटीको घर गएका नवराज बिक मृत फेला परेका हुन् ।

केटीको घरमा नपुग्दैमाथि घरबाट आफूहरुमाथि ढुृङ्घामुढा भएको उनका साथीले प्रहरी समक्ष बयान दिएका थिए। युवतीको घर पुगेका उनीहरुलाई डुम भनेर लखेटेको मृतकका साथीले बताएका छन् ।

आफू ती किशोरी र बाबु आमालाई नियन्त्रणमा लिई बयान लिइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले बताए । उनीहरु बीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

मृतकका आफन्तले पनि नवराजलाई हत्या गरेरै भेरी नदीमा फालेका हुन सक्ने आशंका भएको बताएका छन्। जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले भने उनीसँगै रहेका अन्य ६ युवा पनि अझैसम्म बेपत्ता छन् ।

चौरजहारी घटनाबारे छानबिन गर्न जनार्दन शर्माको माग
रुकुम पश्चिमको चौरजहारीमा एक युवक हत्या र ६ जना बेपत्ता भएको घटनाबारे छानबिन गर्न नेकपा नेता जनार्दन शर्माले माग गरेका छन् ।

रुकुमका जनप्रतिनिधिसमेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् । उनले घटनाबारे स्थलगत अनुगमन गर्न र छानबिनमा सघाउन स्थानीय सरकार, जनप्रतिनिधिलगायत सरोकारवालासमक्ष पनि आग्रह गरेका छन् ।

‘घटनाबारेको अनुसन्धानमा सहयोग पुर्याउन, तथ्य सबैका सामु ल्याउन स्थानीय सरकार, पार्टीलगायत सरोकारवाला सबैलाई स्थलगत निरीक्षण गर्नसमेत अनुरोध गर्दछु,’ शर्माले फेसबुमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *