२ महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोना

काठमाडौं । वीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित एकै परिवारका १८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । अस्पतालका अनुसार कोरोना निको भएपछि २ महिने शिशु र १० बालबालिकासहित १८ जना अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

रगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष छन् ।उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अन्य १७ जनामा पनि संक्रमण देखिएपछि बैशाख २४ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यसअघि अस्पतालबाट ९ जना डिस्चार्ज भएका थिए । नारायणीबाट गएराती निको भएर डिस्चार्ज भएका १८ जना सहित नेपालमा कोरोना निको हुनेको संख्या १०५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *