पश्चिम पहाडमा हावाहुरीसहित वर्षा, बाँकी भू-भागको मौसम कस्तो ?

काठमाडौं । देशका केही क्षेत्रमा बदली भएपनि अधिकांश भू-भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य भू-भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको भएको हो ।

नेपालमा अहिले भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ । पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव छ । दिउँसो मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली र पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली रहने छ ।

मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थान र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ १२ गते (सोमबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहनेछ।अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १३ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य र पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्व भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १४ गते (बुधबार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *