टोखामा मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
२०७७ जेठ ११ गते

रोशन दानी
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेका मोटरसाइकल एक आपसमा ठोल्लिएका थिए ।
मोटरसाइकल चालक पासांग तामाङ र झोरबाट आउँदै गरेको २२ वर्षीय मनोज दुलालको मृत्यु भएको उनले जानकारी गराए।
दुलालको मोटरसाइकलमा सवार मथुरा दुलाल पनि गम्भिर घाइते रहेको लम्सालले मकालु खवरलाई बताए । थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
२०७७ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित









