जनकपुरको कोभिड विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्ति झ्याल फोडेर भागे

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित व्यक्ति झ्याल फोडेर भागेका छन् ।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहानै आइसोलेसन कक्षमा रहेका ति संक्रमित व्यक्ति भागेको र संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक-पटक भाग्ने प्रयास पनि गरेको उनले बताए ।

संक्रमित सर्लाहीका ४० वर्षिय पुरुष हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जनकपुरधामको कोभिड विशेष अस्पतालको आइसोलेसनमा धनुषा,सर्लाही, महोत्तरी र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी बिरामी उपचारत रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =