उपत्यकासहित देशभर हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले शनिबार काठमाडौं उपत्यकासहित देशका केही भूभागको मौसम बदली भएको छ । देशको मध्य, पूर्व र गण्डकी प्रदेशको पहाडी भूभागमा मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा दिउँसो र साँझपख हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै यी क्षेत्रमा वर्षासँगै हावाहुरी र चट्याङको समेत सम्भावना रहेको महाशाखाको भनाई छ । बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भइ न्यून चापीय प्रणालीको रूपमा रहे पनि त्यसले पूर्वी भेगमा आंशिक प्रभाव पारेको हो ।

पूर्वी, मध्य तथा र पश्चिमी भू-भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-
जेठ ११ गते (आईतबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन /चट्याङ/ हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १२ गते (सोमबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १३ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य र पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *