सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन
२०७७ जेठ १० गते

काठमाडौं। सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रवार उनको निधन भएको हो।
उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। नेपाल बार र सर्वोच्च बारले निष्ठावान् न्यायाधीश गुमेको टिप्पणी गरेका छन्। महिलाहरूको कानुनी सहायता परियोजनामा पनि उनको उल्लेखनीय योगदान रहेको थियो।
सिंह घर काठमाडौंको पकनाजोल निवासी हुन्। उनका श्रीमान् इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन्। उनीहरूका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन्।
२०७७ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








