चन्द्रागिरी नगरपालिकाका ६५ जनामा आरडीटी पोजिटिभ
२०७७ जेठ १० गते

फाइल फोटो
काठमाडौं। चन्द्रागिरी नगरपालिकाका ६५ व्यक्तिमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ। लकडाउनको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरी प्रवेश गरेका व्यक्तिमा आरडीटी परीक्षण गरिएको थियो। आरडीटी परीक्षणमा ६५ जनाको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।
आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। चन्द्रागिरीले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मंगल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरी कटेज र १ जनालाई होम क्वारेन्टाइनमा राखेको छ।
क्वारेन्टाइनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहोर व्यवस्थापन चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले गर्दै आएको छ।
२०७७ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








