शक्तिशाली ‘अंपुन’ चक्रवात कमजोर बन्दै, मौसममा सुधार

काठमाडौं । बंगालको खाडीमा बनेको शक्तिशाली ‘अंपुन’ चक्रवात कमजोर बन्दै गएपछि मौसममा सुधार भएको छ । हाल देशको पूर्वी, मध्य भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

अंपुन नामको शक्तिशाली चक्रवातको प्रभावले पूर्वी र मध्य क्षेत्रमा सामान्य बद्ली भएपनि दिउँसोदेखि मौसम खुल्दै जानेछ । चक्रवात कमजोर बन्दै गएकाले अब मध्य र देशभरको मौसम खुल्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

जेठ ९ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जन/चट्याङ्/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १० गते (शनिबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ ११ गते (आईतबार)
दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *