लकडाउनको समयमा प्रहरीमाथि अभद्र व्यवहार गर्ने चिनियाँ नागरिक ५ हजार धरौटीमै छुटे

काठमाडौं । लकडाउनको समयमा प्रहरीमाथि अभद्र व्यवहार गरी पक्राउ परेका चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटेका छन् । सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक छुटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् । उनीहरुलाई ५ हजार धरौटीमा छोडिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए ।

चिनियाँ नागरिक घर फिर्तीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा वैशाख २६ गते पक्राउ परेका थिए ।

उनीहरुले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेका थिए । प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवानसमेत घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *