‘सी बीच’को निर्माण कार्य रोक्न वडा कार्यालयको माग

ध्रुवराज खनाल-

चितवन । नारायणी नदीको किनारमा बन्दै गरेको ‘सी बीच’ को निर्माणकार्य रोक्न सम्बन्धित वडा कार्यालयले माग गरेको छ । उक्त क्षेत्र भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा पर्छ । वडा नम्बर-१ का कार्यवाहक अध्यक्ष यमबहादुर बाचे मगरले भरतपुर महानगरपालिका कार्यालयलाई पत्र लेखेर वडासँगको समन्वय बिना गरिएको कार्य तल्काल रोक्न माग गरेको हो ।

नारायणीको किनारमा उद्योग वाणिज्य संघको अग्रसरतामा महानगर र संघको बजेटमा ‘सी बीच’ निर्माण हुँदै गरेको चर्चा भएपनि यहाँ अहिले ‘वाकिङ् ट्रयाक’ निर्माण हुँदैछ ।

महानगरको ७७ लाख र संघको २० लाख रुपैयाँ लगानीमा ४ सय २५ मिटरको ट्रयाक निर्माणकार्य सुरु भएको छ । कूल ९७ लाख रुपैयाँको लगानीमा बन्दै गरेको उक्त योजना सम्पन्न गर्न संघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको छ ।

ठूलो योजनाको काम गर्दा टेण्डरमार्फत अघि बढ्नुपर्ने माग संघ भित्रैबाट उठिरहँदा वडा समितिले समेत योजनाको विषयमा प्रश्न उठाएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रधानले एक करोड रुपैयाँ भन्दा तलको योजनाका लागि टेण्डर आवश्यक नपर्ने भएकाले समितिले काम अघि बढाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *