अंपुन चक्रवातको प्रभावले हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र अंपुन चक्रवातको प्रभावले पूर्ण बदली भइ वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अंपुनको प्रभावले पूर्वी र मध्य भूभागका साथै प्रदेश नम्बर ५ र गण्डकी प्रदेशमा वर्षा भइरहेको हो ।

सुदूर पश्चिमतिरको भागमा सामान्य बदली रहेको छ । चक्रवातको प्रभावले वर्षा, हिमपात र चट्याङको सम्भावना समेत बढेको छ । आज मध्य तथा पूर्वी भू-भाग र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै पूर्वी र मध्य नेपालका सानाखाले खोलाहरू र खहरेहरूमा पानीको मात्रा बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *