आज जेठ ८ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
सूर्य उत्तरायण, ग्रीष्मर्तुः, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२,सम्वत २०७७ साल ज्येष्ठ ८ गते विहिबार नेपाल सम्बत ११४० वछलागा तदनुसार, सन् २०२० मे २१ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती ९ वजेर ४१ मिनेटसम्म, भरुणी नक्षत्र राती १ वजेर २८ मिनेटसम्म, सौभाग्ययोग, भद्रा करण, आनन्दादियोग पद्म, सूर्य वृष राशीमा,चन्द्रमा मेष राशीमा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादाइष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहनसक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त संग कुराकानी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चापनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । संगीत र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । शिक्षापनि राम्रै हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *