अवकाश प्राप्त अधिकृतको कमाइ साढे २६ करोड कसरी ?

काठमाडौँ । एउटा अवकाश प्राप्त सरकारी अधिकृतको कमाइ २६ करोड कसरी सम्भव हुन्छ । सुन्दा अच्चम्म लाग्ला तर यो वास्तविक घटना हो । जो की नेपालका एक सरकारी अधिकृतको तलबले घरपरिवारको आवश्यकता पूर्ति गर्न पनि मुस्किलले पुग्छ । तर गाविस सचिव हुँदै अधिकृतबाट अवकाश लिएका एक कर्मचारीको १७ करोड बढी सम्पत्ति र जहाँ सरुवा भएर गयो त्यही घर घडेरी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा २०३९ साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाउँ विकास समितिको सचिव खरिदारमा स्थायी नियुक्त ऋषिराम अर्याल नायव सुब्बामा बढुवा हुँदै टोखा नगरपालिकाको अधिकृतबाट अवकाश लिँदै गर्दा सेवा प्रवेश गरेदेखि २०७५ ०७६ आर्थिक वर्षसम्म २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँ जोडेका छन् । जसमध्ये ८ करोड ७७ लाख २७ हजार चार सय ८३ रुपैयाँ वैध आय गरेका छन् भने बाँकी सम्पत्तिको स्रोत खुलेको छैन।

आयोगले गरेको अनुसन्धानका क्रममा उनले पद र अधिकार दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको फेला परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

आयोगका अनुसार, उनले जागिरे अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँ आम्दानी गरेको भेटिएको छ । यसमा ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रुपैयाँको मात्र स्रोत खुलेको छ । बाँकी १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलेको छैन । आफ्नो जागिरे अवधिमा अर्यालले अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि मङ्गलवार उनीसहित उनका छोरा, श्रीमती विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।

उनी उपर गैर कानुनी ढङ्गले आर्जित गरेको १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *