भोडाफोनको बजारीकरणका लागि दुई कम्पनीबीच सहकार्य

युके । ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको व्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्र्याउन विस्तृत सहकार्यको घोषणा गरेको छ । उपभोक्तालाई अझ व्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तर्राष्ट्रिय बजारमा फाइभजी एडप्सनमा टेवा तथा थप तीव्रता प्रदान गर्न उक्त सहकार्य गरिएको हो ।

नवप्रवर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको वार्षिक ह्याण्डसेट शिपमेन्ट एक सय मिलियन भन्दा बढी रहेको छ । यसको सुरुवात मे २०२० देखि हुने छ ।

भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरू उपलब्ध गराइने छ । सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरू जर्मनी, युके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ । यो ग्लोबल पार्टनरसिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दुबै कम्पनीले संयुक्तरुपमासटिक पहलहरु गर्नेछन् ।

ओपोले आफ्ना उत्पादनहरू अधिकमरुपमा ईन–हाउस गर्ने गरेको छ । साथै, कम्पनीका धेरै जसो उत्पादन केन्द्रहरू साधारणरुपमा सञ्चालनमा आइसकेको छ । फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दुबै कम्पनीहरू अनलाइन बिक्री च्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन् । क्रमबद्धरुपमा बन्देजहरू खुकुलो गरिँदै लैजाँदा भोडाफोनसंग सहकार्य गर्दै आफ्ना कर्मचारी तथा उपभोक्ताको सुरक्षार्थ ओपो र भोडाफोन विशेष सजगता अपनाउने छ ।

यही मे महिनादेखि ओेपोका विभिन्न उत्पादनहरू भोडाफोन मार्फत जर्मनी, युके, स्पेन, पोर्चुगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समा उपलब्ध गराउँदै लगिने छ । ओपो र भोडाफोन मार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरुका बारेमा थप जानकारी बिस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ ।

सहकार्यले भोडाफोनको च्यानल उपयोग गर्दै क्रमबद्ध रूपमा ओपो पहिले भोडाफोनका यूरोपियली बजारहरू जर्मनी, युके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेदरल्याण्ड्समा प्रवेश गर्नेछ । यस्तै ओपोको फोरजी र फाइभजी स्मार्टफोन्सका ईन्ट्रि–लेभलदेखि स्टेट–अफ–आर्ट फ्ल्यागशिप उत्पादन मार्फत भोडाफोनका उपभोक्ताले ओपोको उत्पादनहरूका फराकिलो रेञ्ज उपभोग गर्न पाउनेछन् । साथै सहकार्यले ओपो र भोडाफोन दुबैलाई फाइभजी एडप्सन प्रक्रियामा तीव्रता ल्याउन सघाउ पुग्नुका साथै ओपोका उत्पादन भोडाफोनका बजार तथा उपभोक्ता मार्फत सहज उपलब्धतामा टेवा पुग्नेछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *