कोरोना संक्रमित भेटिएपछि भक्तपुरको ल्योसिखेल सिल
२०७७ जेठ ७ गते

काठमाडौं। कोरोना भाइरस संक्रमण देखिएपछि भक्तपुर नगरपालिका-नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ। काठमाडौं महानगरपालीकाको फोहोर बोक्ने गाडीका चालकमा कोरोना भाइरस संक्रमण देखिएपछि सो क्षेत्रलाई सिल गरिएको हो।
संक्रमित ४२ वर्षीय गाडी चालक भक्तपुरका हुन्। जेठ दुई गते स्वाब संकलन गरी पीसीआर गर्दा ती चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार विहान ८ बजेदेखि सिल गरिएको हो। आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ।
सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ। प्रहरीले स्थानीयलाई सो क्षेत्रमा घरबाहिर आउन रोक लगाइएको छ। संक्रमितलाई अस्पताल लगिसकिएको छ। भक्तपुरमा यसअघि एक महिला र पुरुषमा संक्रमण देखिएको थियो।
२०७७ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित








