धनकुटामा तीन स्वास्थ्यकर्मी सहित पाँचमा काेराेना संक्रमण, संक्रमण अझै बढ्न सक्ने

धरान । पूर्वी पहाडी जिल्ला धनकुटामा तीन स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धरानकाे वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकाे काेराेना परीक्षणमा पाँचमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

परीक्षण रिपोर्ट अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको धनकुटा जिल्ला अस्पतालका सुचना अधिकारी राजन अधिकारीले जानकारी दिए । उनका अनुसार स्वाबको केही नमुनाको परीक्षण अझै बाँकी छ । काेराेना संक्रमण अझै बढ्ने संभावना देखिएकाे छ ।

संक्रमित मध्ये ३ जना अस्पतालकै स्वास्थ्यकर्मी हुन् । एक जना स्वास्थ्यकर्मीका परिवार सदस्य हुन् । अर्का एक जना संक्रमित व्यक्ति अस्पतालको सुरक्षाकर्मी (गार्ड) भएको सुचना अधिकारीले जानकारी दिए ।

यसअघि धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि जिल्ला अस्पताल आसपासको क्षेत्र सिल गरिएको थियो भने ८३ जनाको स्वाब परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *