सुनसरीमा पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी ३५ जनाको स्वाब संकलन

भरतराज शर्मा (गोपाल)-

धरान,सुनसरी । कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि सुनसरीमा पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी ३५ जनाको स्वाव संकलन गरिएको छ । सुनसरीको इटहरी स्थित जनता क्याम्पसमा भएको परीक्षणमा पहिलो चरणमा २० जना पत्रकार तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी जम्मा ३५ जनाको स्वाव संकलन गरिएको हो । कोरोना भाइरसको जोखिम बढीरहेका बेला अग्र स्थानमा रहेर काम गरिरहेका इनरुवा, इटहरी र धरानका २० पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र ईटहरी अस्पतालले स्वाव संंकलन गरेको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले जानकारी दिए । सुनसरी कार्यक्षेत्र बनाएर मोफसल तथा राष्ट्रिय स्तरसम्मका सञ्चारगृहमा काम गर्ने सञ्चारकर्मीहरु सुरक्षित रहेर काम गर्न सकून भन्ने उद्देश्यले नै महासंघको समन्वयमा पहिलो चरणमा २० जना पत्रकार र अन्य स्वास्थ्य तथा सुरक्षाकर्मीहरु गरी ३५ जनाको स्वाव संकलन गरिएको खड्काले बताए ।

नेपालमा हालसम्म ५ जना सञ्चारकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । सुनसरीमा समेत तीन जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उच्च सावधानी अपनाउँदै स्वाव संकलन गर्न गरी परीक्षण गर्न थालिएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा भएको उक्त कार्यको पत्रकारहरुले प्रशंसा गरेका छन् ।

इनरुवाका पुराना सञ्चारकर्मी ईकवाल अहमदले कोरोना टेष्ट सञ्चारकर्मीलाई आवश्यक रहेको र यसले कसरी जोखिम न्यूनिकरण गर्दै समाचार सम्प्रेषण गर्न सकिन्छ भन्ने कुरामा टेष्टपछि थप मद्दत पुग्ने बताए। महासंघले अहिलेको विषम परिस्थितिमा जिल्लामा रहेका सञ्चारकर्मीलाई जोखिम न्यूनीकरण गर्दै समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *